रसुवामा कोरोना संक्रमित को संख्या ५२ पुग्यो



न्युज अफ नेपाल, रसुवा ।

जिल्लामा सक्रिय कोरोना संक्रमित को संख्या ५२ पुगेको छ । कोरोना को दोस्रो लहर बढे संगै जिल्लामा समेत दिनप्रतिदिन संक्रमित को संख्या बढेको हो ।

स्वास्थ्य कार्यालय रसुवाको तथ्यांक अनुसार गोसाईकुण्ड मा १६, कालिकामा २२, उतरगयामा ८, नौकुण्डमा २ , जना सहित बाहिरी जिल्ला का ४ जना रहेका छन ।सोमवार दुई जना थप कोरोना संक्रमित संख्या थपिएको हो ।

संक्रमितहरूमध्ये ७ जना संस्थागत र ४५ जना होम आइसोलेसनमा बसेका छन् । रसुवामा हालसम्म २ सय ३३ जनामा कोरोना पुष्टि भएको थियो । जसमा १ सय ८४ जना निको भएका छन् ।

जिल्लामा हालसम्म १ हजार ९ सय २६ वटा स्वाव संकलन गरिएकोमा १ हजार ६ सय २९ नेगेटिभ र २ सय ३३ पोजेटिभ आएको थियो ।

प्रतिक्रिया दिनुहोस्