दास जसरी काम गराउने अमेरिकी साहु दण्डित



साउथ क्यारोलिना, (एजेन्सी) ।

अमेरिकाको एउटा अदालतले पाँच वर्षसम्म दास जसरी काम गराउने एक गोरा व्यक्तिलाई पीडित काला जातिका पुरुषलाई क्षतिपूर्तिस्वरूप ५ लाख ४६ हजार अमेरिकी डलर तिर्न आदेश दिएको छ । सन् २०१९ मा आफ्नो कर्मचारीलाई दास बनाएको आरोपमा ‘बोब्बी पाउल एडवार्डस’ नामक ती व्यक्तिलाई १० वर्ष लामो कारावास संजाय सुनाइएको थियो । उनले जोह्न ‘क्रिस्टोफर स्मिथ’ नामक व्यक्तिलाई तलब नदिइकन साताको १ सय घन्टा काममा जोताउने गरेका थिए ।

मानसिकरूपमा अशक्त तिनलाई एडवार्डसले साउथ क्यारोलिनाको कोन्वेस्थित आफ्नो जे एन्ड जे रेस्टुरेन्टमा त्यसरी बिना पारिश्रमिक काम गराएका थिए । अफ्रिकी अमेरिकन क्रिस्टोफरलाई स्मिथलाई तिर्नुपर्ने तलब र ओभरटाइम बापत थप २ लाख ७३ हजार डलर पनि तिर्न अदालतले आदेश दिएको छ ।

अमेरिकाका प्रचलित कानुनअनुसार कुनै पनि कामदारलाई काम सकिनासाथ न्यूनतम पारिश्रमिक र ओभरटाइमको पैसा तत्कालै उपलब्ध गराउनुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्