बिल गेट्सको डिभोर्स



एजेन्सी ।  माइक्रोसफ्ट (एमएसएफटी) का सह संस्थापक तथा अरबपति बिल गेट्स र उनकी श्रीमती, मेलिंडाले डिभोर्स गर्ने भएका छन् । वैवाहिक जीवन सुरु गरेको २७ बर्षपछि उनीहरुले सँगै नबस्ने निर्णय गरेका छन् । बिल गेट्सले सोमबार सामाजिक सञ्जालमा ट्वीट गर्दै वैवाहिक जीवनको अन्त्य गरेको घोषणा गरेका छन् । गेट्सले वैवाहिक जीवन अन्त्य गरेपनि विश्वव्यापी परोपकारी काममा भने दुवै जना एकै साथ रहेर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

गेट्सले ट्वीटमा लेखेका छन् ,’अब हामी आफ्नो जीवनको यस अर्को चरणमा एक जोडीको रूपमा बढ्न सक्ने कुरामा विश्वास गर्दैनौं । तर, परोपकारीको रूपमा ‘मिशन’ को लागी भने एकसाथ प्रतिबद्ध छौँ ।’

एजेन्सी

प्रतिक्रिया दिनुहोस्