गण्डकी र सुदूरपश्चिममा नयाँ प्रदेश प्रमुख नियुक्त



न्युज अफ नेपाल, काठमाडौँ ।

ण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त  भएका छन् । सोमबार मन्त्रिपरिषद बैठकको सिफारिसमा  राष्ट्रपति विद्यादेवी भण्डारीले  गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादव प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् ।

यससँगै गण्डकीका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिमका प्रदेश प्रमुख शर्मिला कुमारी पन्त पदमुक्त भएका छन् । यसअघि एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि प्रदेशप्रमुख नियुक्त भएका उनीहरु माओवादी केन्द्रमा आवद्ध थिए । माओवादी केन्द्रमै आवद्ध रहेका तिलक परियार प्रदेश २ को प्रदेश प्रमुखबाट पदमुक्त भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्