ओलीद्वारा नेपाल पक्षका थप ३ सांसदसंग स्पष्टीकरण माग



न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा एमालेक अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका थप तीन सांसदहरुलाई स्पष्टीकरण सोधेका छन् । ओलीले सांसदहरु गंगा चौधरी, समिना हुसेन, कलिला खातुनलाई स्पष्टीकरण सोधेका थिए ।

जसको जवाफ समेत आइसकेको र उक्त स्पष्टीकरणका बारेमा अध्ययन भइरहेको जनाइएको छ । पार्टी विधानविपरित काम गरेको भन्दै यसअघि ओलीले नेता नेपालसहित २७ जना सांसदलाई लाई स्पष्टीकरण सोधेका थिए ।

प्रतिक्रिया दिनुहोस्