पाल्पामा थप २ कोरोना संक्रमितको मृत्यु



न्युज अफ नेपाल, पाल्पा ।

पाल्पामा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमण्बाट जिल्लाामा मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।

आइतबार बेलुकी रम्भा गाउँपालिका–३, पिपलडाँडाका ७८ वर्षीय पुरुष र रामपुर नगरपालिका–१० गेझाका ५७ वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो ।

मृतक दुवैजनासले मिसन अस्पताल पाल्पामा उपचारर गराएक थए । दुवै पुरुषको परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो। मृतक रम्भाका ७८ वर्षीय पुरुषमा मुटु सम्बन्धि समस्या समेत रहेको बताईएको छ ।

७८ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो भने अर्का पुरुषलाई मिसन अस्पतालले उपचारपछि घरमा पठाएको थियो । पाल्पा जिल्लामा अहिले सम्म ४ सय ३६ जना कोरोनाका सक्रिय संक्रमित रहेको जिल्लाा स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्