रसुवामा सक्रिय कोरोना संक्रमितको संख्या ५० पुग्यो



न्युज अफ नेपाल, रसुवा ।

रसुवामा सक्रिय कोरोना संक्रमितको संख्या ५० पुगेको छ ।

कोरोनाको दोस्रो लहर सुरु भएसँगै जिल्लामा पनि कोरोना संक्रमित बढेका हुन् । स्वास्थ्य कार्यालय रसुवाका अनुसार गोसाइँकुण्डमा १६, कालिकामा २२, उत्तरगयामा ७, नौकुण्डमा १ र बाहिरी जिल्लाका ४ जना रहेका छन् । संक्रमितहरूमध्ये २ जना संस्थागत र ४८ जना होम आइसोलेसनमा बसेका छन् ।

रसुवामा हालसम्म २ सय ३१ जनामा कोरोना पुष्टि भएको थियो । जसमा १ सय ८४ जना निको भएका छन् । जिल्लामा हालसम्म १ हजार ८ सय ८० वटा स्वाव संकलन गरिएकोमा १ हजार ६ सय १७ नेगेटिभ र २ सय ३१ पोजेटिभ आएको थियो ।

प्रतिक्रिया दिनुहोस्