स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएसँगै ओपीडी सेवा बन्द



न्युज अफ नेपाल, धादिङ । 

स्वास्थ्यकर्मी नै कोरोना संक्रमणको चपेटामा परेपछि धादिङ अस्पतालको ओपीडी सेवा बन्द गरिएको छ ।

धादिङ अस्पतालमा कार्यरत १३ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको आपतकालिन बाहेकका सबै सेवा बन्द गरिएको हो ।

अस्पतालले एक विज्ञप्ति जारी गर्दै आपतकालिन सेवा मात्र संचालन गर्ने गरि अस्पताल संचालन गरिएको धादिङ अस्पतालका सूचना अधिकारी विक्रम बिकले जानकारी दिनुभयो ।

स्वास्थ्यकर्मीहरुमा कोरोना पुष्टि भएर आइसोलेशनमा बसेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशन बमोजिम अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु र सेवाग्राहीमा थप कोभिड संक्रमण बढ्न नदिन सावधानी अपनाउदै अस्पतालले ओपीडी सेवा बन्द गरेको हो ।

अस्पतालले तत्काल स्वास्थ्य उपचार गर्नुपर्ने तथा अत्यावश्यक अवस्थामा रहेका सेवाग्राहीहरु मात्र अस्पताल आई भीड कम गराएर कोभिडको जोखिम कम गर्नको लागि सहयोग गरिदिनुहुन अनुरोध समेत गरेको छ । अत्यावस्यक नपरी अस्पतालमा नआउन र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मात्र अस्पताल आउन सेवाग्राहीलाई अस्पतालले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्