पर्यटनमन्त्री ढकाल दम्पतीलाई कोरोना संक्रमण



न्युज अफ नेपाल ,काठमाडौं ।

संस्कृति, पर्यटन तथा नगारिक उड्डयनमन्त्री भानुभक्त ढकाल र उनकी पत्नी इन्दिरा फूयाँलमा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार पीसीआर परीक्षण गर्दा दुवै जनामा कोभिड पोजेटिभ देखिएको हो अहिले उनीहरु निवासमै आइसोलेसनमा रहेको मन्त्री ढकालको सचिवालयले जनाएको छ । ढकाल आफूहरुलाई संक्रमण पुष्टि भएको जानकारी सामाजिक सञ्जालमार्फत् गराएका छन् ।

मन्त्री ढकाल केहीदिन पहिले चितवनको अयोध्यापुरीमा राम सीताको मूर्ति स्थापना समारोहमा पनि सरिक भएका थिए ।

प्रतिक्रिया दिनुहोस्