ललितपुरले बराबरीमै चित्त बुझायो



नेपाल समाचारपत्र, काठमाडौं

जारी नेपाल सुपर लिग फुटबल प्रतियोगितामा ललितपुर सिटी एफसीले पोखरा थन्डर्सविरुद्धको खेलमा बराबरीमै चित्त बुझाएको छ । आइतबार दशरथ रंगशालामा भएको खेलमा दुवै टिमले गोलरहित बराबरी खेलेका थिए । उक्त नतिजासँगै ललितपुरले तेस्रोपटक अंक बाँडेको छ । टिमले ४ खेलबाट ३ अंक जोडेको छ भने पोखराको ५ अंक भएको छ ।
खेलमा ललितपुरका मार्की खेलाडी अन्जन विष्टले दोस्रो हाफमा गोल गर्ने सुन्दर मौका गुमाएका थिए । उनले ५१औं मिनेटमा गरेको प्रहार विपक्षी गोलकिपर दीप कार्की बिट भइसकेको अवस्थामा गोल हुन सकेन । गोल हुने सम्भावनालाई अजित भण्डारीले गोललाइनबाट बचाएका थिए ।उता चितवनका मार्की खेलाडी नवयुग श्रेष्ठले पनि पहिलो हाफमा गरेको प्रहार गोलपोस्टबाट केही इन्चबाट बाहिरिएको थियो । यस्तै ४४औं मिनेटमा रवि पासवानको पासमा नवयुगको प्रहार पोस्ट नजिकैबाट बाहिरियो ।

खेलमा पोखरा थन्डर्सका आयुष घलान उदीयमान खेलाडी घोषित भए । उनले उनले १० हजार रुपियाँ हासिल गरेका थिए । यस्तै, खेलका उत्कृष्ट खेलाडी ललितपुरका प्रवेश कुँवर घोषित भएका थिए । उनले २५ हजार रुपियाँ प्राप्त गरेका थिए ।बटलरको शतकले नयाँ कप्तान निरास (यो आईपीएलको न्युजमा बक्स राखेर सेट गर्ने)जोस बटलरले आईपीएलको करियरमै पहिलो शतक प्रहार गरेपछि सनराइजर्स हैदराबादका नयाँ कप्तान केन विलियमसन निराश बनेका छन् । आइतबार भएको खेलमा बटलरको शतकीय इनिङको सहयोगमा राजस्थान रोयल्सले शानदार जित हात पारेको हो । राजस्थानले सनराइजर्सलाई ५५ रनले हराएको थियो ।

यो विलियमसनको कप्तानीकारूपमा पहिलो खेल थियो । अघिल्लो दिन नियमित कप्तान डेभिड वार्नरलाई हटाएर टिमले उनलाई कप्तानी जिम्मेवारी दिएको थियो । तर, उनको टिम १ सय ६५ रनमा समेटिएको थियो । टिमका लागि उनले २० रन मात्रै योगदान दिए । टिमले पूर्व कप्तान वार्नरलाई बेन्चमा राखेको थियो ।पहिले ब्याटिङ गरेको राजस्थानले ३ विकेटको क्षतिमा २ सय २० रनको बलियो योगफल बनाएको थियो । १७ रनमा ओपनर यशवन्त जैसवाल आउट भएपछि बटलर र सन्जु सेमसनले दोस्रो विकेटका लागि १ सय ५० रनको साझेदारी गरेका थिए । ओपनर बटलरले ६४ बलको सामना गरेर १ सय २४ रन जोडे भने सन्जु २ रनले अर्धशतक पुग्नबाट वञ्चित भएका थिए । बटलर रायन परागसँग तेस्रो विकेटका लागि ४२ रन साझेदारी गरेर आउट भए ।

२ सय ९ स्कोरमा सन्दीप शर्माको बलमा आउट भएका बटलरले ११ चौका र ८ छक्का प्रहार गरेका थिए । उनी टिमको तर्फबाट उच्चतम् व्यक्तिगत रन बनाउने ब्याटसम्यान पनि बने । यसअघि जारी सिजनमै राजस्थानका लागि सन्जुले उच्चतम् व्यक्तिगत रन बनाएका थिए । उनले पन्जाब किंग्सविरुद्ध १ सय १९ रनको शतकीय इनिङ खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्