पीएसजी विजयी



लन्डन, (एजेन्सी)

फ्रेन्च लिग वान फुटबलमा पीएसजी विजयी भएको छ ।शनिबार राति भएको लिगको ३५औं साताको खेलमा पीएसजीले आफ्नो घरेलु मैदानमा लेन्सलाई २–१ गोलअन्तरले हराएको हो । पीएसजीलाई उपाधि होड कायमै राख्नका लागि यो जित महत्वपूर्ण बनेको छ ।

पीएसजीलाई जिताउनेक्रममा खेलको ३३औं मिनेटमा ब्राजिलियन स्टार नेयमारले पहिलो गोल गरेका थिए । त्यसपछि खेलको ५९औं मिनेटमा मार्किन्हसले दोस्रो गोल गरेपछि पीएसजीले सहज अग्रता बनायो । तर, दोस्रो गोल बेहोरेको दुई मिनटमै लेन्सका लाग इग्नाटियुसले गाङ्गाओले गोल गरेर खेल २–१ बनाएपनि पीएसजीलाई जित्नबाट रोक्न सकेन । यो जितपछि पीएसजीले ३५ खेलबाट कुल ७५ अंक बनाएको छ ।

फ्रेन्च लिग वानअन्तर्गत नै भएको अर्को खेलमा लिलेले पनि लिगको ३५औं साताको खेलमा सहज जित निकाल्यो । लिलेले आफ्नो घरेलु मैदानमा ओजिसी नाइसलाई २–० अन्तरले हराउँदै तीन अंक बटुल्न सफल भयो । यो जितसँगै लिलेले उपाधि होडमा अग्रता कायमै राखेको छ । पाहुना टोली नाइस खेलको ४८औं मिनेटमै १० खेलाडीमा सीमित भएको थियो ।डिफेन्डर जोर्डन लाटोम्बाले दोहोरो पहेंलोकार्डका साथ रातो कार्ड खाएर मैदान छाडेपछि नाइस दवाबमा परेको थियो । तर, लिलेले त्यसअघि नै एक गोल गरेर खेलमा अग्रता बनाइसकेको थियो ।

लिलेका लागि खेलको १३औं मिनेटमा बुराक यील्माजले गोल गरेर टोलीलाई शुरूवाती अग्रता दिलाएका थिए । त्यसपछि लिलेले १० खेलाडीमा सीमित टोलीविरुद्ध खेलको ५५औं मिनेटमा दोस्रो गोल निकाल्यो । यसपटक मेहेमेट जेकी सेलिकले गोल गरेपछि खेल लिलेले २–० ले जित्यो । अब यो जितपछि लिलेले ३५ खेलबाट कुल ७६ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्