कांग्रेसका प्रवक्ता शर्मालाई कोरोना संक्रमण



न्युज अफ नेपाल काठमाडौं ।

नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । प्रवक्ता शर्मा आफैले सोसल मिडियामार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । प्रवक्ता शर्माले ज्वरो र जीउ दुखाई बढेपछि आइतबार साँझ स्टार हस्पिटल पुगेर स्वाब दिएका थिए । आज विहान रिपोर्ट पोजेटिभ आएको उनले जानकारी दिएका छन् ।

त्यस्तै, उनले टेकुका डा अनुप बाँस्तोलाको निर्देशन अनुरूपको औषधि सेवन शुरू गरेको बताउँदै घरमै आइसोलेशनमा बसेको जानकारी दिएका छन् । उनले कोरोनाको लक्षणले च्यापेपनि मनोबल उच्च रहेको बताए । साथै उनले सबैलाई सजग बन्नका लागि अपील पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्