भगरताल संरक्षणका लागि ५० लाख खर्च गर्दै नगरपालिका



विष्णु तिमिल्सिना, बर्दिया ।

सदरमुकाम गुलरियामा रहेको भगरजैविक तालको संरक्षण गर्ने भन्दै डयाम बनाउनका लागि गुलरिया नगरपालिकाले ५० लाख रुपैयाको लगानीमा माटो उत्खनन गरी बाहिर पठाउने र बाहिरको माटो ल्याउने शुरु भएको छ ।

ताल संरक्षणका लागि छुटयाएको ५० लाख रुपैयाले तालको दक्षिण भागमा डयाम निर्माण गर्न लागिएको छ । पहिले पनि डयाम निर्माण गरिएको स्थानमा थप ४ मिटर थप्ने योजना अनुसार अहिले सो काम उपभोक्ता समिति मार्फत भइरहेको हो । उपभोक्ता समिति मार्फत सम्झौता भएपनि अहिलेको काम महिमा कन्ट्रक्सनले गरिरहेको छ । तालको संरक्षणका लागि ४ फिट उचाई र ८ सय ४० मिटर लम्वाईमा डयाम बनाउने योजना रहेको उपभोक्ता समितिका अध्यक्ष दीपक रावलले जानकारी दिनु भयो ।

सो तालको निर्माण भएपछि माछापालन, ढुंगा विहारका साथै ताल नजिकै निर्माणाधिन पार्कबाट गुलरिया नगरपालिकाकालाई बार्षिक करिब एक करोड रुपैया आम्दानी हुने र गुलरियामा आन्तरिक तथा बाह् पर्यटक स्थलका रुपमा विकास गर्न सकिने बडाध्यक्ष रामबहादुर रावलले बताउनु भयो ।गुलरिया नगरपालिका ४ तुल्सिपुरमा रहेको उक्त ताल विगतमा आएको बाढी र बर्षेनी वरपरबाट आउने माटो बालुवा आदिले ताल पुरिदै गएको थियो । ताललाई पुरानो अवस्थामा ल्याउन र पर्यटकीय स्थलको रुपमा विकास गर्न माटो उत्खनन कार्य हाल तीव्र गतिमा भैरहेको छ । तालबाट आवश्यकता भन्दा वढि डोजर जेसिभी लगायतका सामाग्री प्रयोग गरी माटो झिकी अन्यत्र पठाएको कुुरामा स्थानीयवासीको जनगुनासो रहेको छ ।

उत्खनन गरिदै आइरहेको कार्यलाई स्थानीयवासीहरुले बातावरणिय विपरित धेरै उत्खनन भएर जोखिममा पर्ने त होइन भन्ने आशंका पनि व्यक्त गरेका छन ।गुलरिया नगरपालिकाका इन्जिनियर विशाल पौडेलले भगरताल संरक्षणको लागि पहिले नै डिपिआर भैसकेको र त्यसको लागि वातावरणीय परीक्षण पनि भैसकेको हुनाले सोही अनुसार काम भैरहेको छ त्यहाको माटो उपयुक्त नभएकोले निकाल्नु पर्ने र बाहिरको माटो ल्यायर राख्नुपर्ने पर्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्