लाटो कोशेरो २४ सै घण्टा खाना उपलब्ध गराउने



काठमाडौ(नेस) ।

राजधानीमा पहिलो पटक २४ सै घण्टा लाटो कोशेरो फुड डेलिभरी सर्भिस सञ्चालनमा आएको छ ।विषेश गरि रातको समयलाई मध्यनजर गर्दै उपभोक्ताको घर दैलोमा खाना पुराउने उदेश्य स्वरुप लाटो कोशेरो फुड सञ्चालनमा आएको हो । उपभोक्ताको स्वास्थ्य तथा व्यस्त जिवनको ख्याल राख्दै २४ सै घण्टा सेवा दिने उदेश्य रहेको छ । उपत्यकाका जुनसुकै स्थानमा लाटोकोशेरोले सेवा दिनेछ ।

रातको समयमा कोही भोकै बस्न नपरोस भन्दै आफ्नो भिन्न परिचयका साथमा अनलाईन मार्फत सेवा दिेनेछ । लाटोकोशेरो डटकमले आफुलाई अरु भन्दा भिन्न रुपमा परिचित गराउन सुपथ दर र छिटो सेवा दिने प्रतिबद्धता राखेको छ । लाटो कोशेरो डटकममा खाना खाजा बेकरी प्रोडक्ट्स, पेय पदार्थका साथै अडर अनुसार हरेक खाना २४ सै घण्टा डेलिभर गरिन्छ ।

कोभिड तथा लकडाउनको समयमा लाटोकोसेरोले उपत्यकाको जनसुखै ठाउँमा डेलिभरी साथै हरेक फुड र बेकरी आइटममा फ्रन्टलाइन वर्कसहरु जस्तै स्वास्थ चिकिस्सक, नर्स, ह्ल्थ वर्कस, प्रहरी, ट्राफिक प्रहरी, फार्मेसिस्ट, अस्पतालका कर्मचारी साथै कोभिडको यो समयमा निरन्तर खटिरहेका सम्पूर्णलाई, १० प्रतिशत छुट दिने ब्यवस्था गरेको प्रबन्ध निर्देशक प्रज्ज्वलकुमार दाहालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्