सोमबार राति १२ बजेदेखि आन्तरिक उडानमा प्रतिवन्ध



न्युज अफ नेपाल , काठमाडौं ।

नेपालमा कोरोना संक्रमणको दास्रो लहर बढ्दै गएपछि सोमबार राति १२ बजेबाट आन्तरिक उडानमा बन्द हुने भएको छ कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले आज राति १२ बजेदेखि सबै आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको हो । यस अघि सरकारले सार्वजनिक यातायतको आवगमनमा रोक लगाई सकेको छ ।

सरकारले कोभिड-१९ संक्रमण भयावहरुपमा फैलिएको निष्कर्ष निकाल्दै आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेको हो । हिजो बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २० गते मध्यरातदेखि आन्तरिक उडान र वैशाख २२ गते मध्यरातदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेको सरकारका प्रवक्ता गुरुङले बताए । गुरुङ्गका अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चार्टर्ड उडानहरुलाई भने अनुमति दिने निर्णय भएको छ।

यस अघि कोभिड संक्रमण रोकथाम निर्देशक समिति सीसीएमसीको सिफारिस अनुसार सरकारले आन्तरिक र बाह्य उडान बन्द गर्ने निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस्