बजार क्षेत्रमा कोरोना देखिएपछि पाल्पाको आर्यभञ्ज्याङ ‘सिल’



न्युज अफ नेपाल, पाल्पा ।

सिद्धार्थ राजमार्ग अन्र्तगत पर्ने पाल्पा ,जिल्लाको बगनासकाली गाउँपालिका ३ आर्यभञ्ज्याङलाई सिल गरिएको छ । बजार क्षेत्रका केही व्यक्तिहरुमा कोरोना संक्रमण देखिएपछिवैशाख २४ गतेसम्मका लागि सिल गरिएको गाउ पालिकाले जनाएको छ ।

आर्यभञ्ज्याङ बजार व्यवस्थापन समितिको आग्रह र वडा कार्यालयको सिफारिसमा गाउँपालिकाले बजार क्षेत्र सिल गरेको छ । जिल्ला प्रशासन कार्यालयले वैशाख १७ गते रातीदेखि निषेधाज्ञा जारी गरे पनि बजार क्षेत्रमा आवतजावत नरोकिएपछि गाउँपालिकाले वैशाख २४ गतेराती १२ बजेसम्मका लागि सिल गरेको बताइएको छ ।

वडामा थप संकमण फैलिन नदिनका लागि बजार क्षेत्र सिल गरिएको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । सो समय सम्मका लागि अत्यावश्क काम बाहेक अन्य केही कार्यहरु नहुँने वडा कार्यालयले जनाएको छ । वडा भित्र आवत जावतमा पूर्णरुपमा बन्देज गरिएको र स्वास्थ्यका मापदण्डहरु पालना गर्न पनि आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्