आज मन्त्रिपरिषदको बैठक बस्दै



न्युज अफ नेपाल ,काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद बैठक बोलाएका छन्। आज साँझ ४ बजे बालुवाटारमा मन्त्रिपरिषद्   बस्दै छ  ।

 निषेधाज्ञा आजबाट थप कडाई गर्ने गरी निर्णय हुनेछ । अहिलेलाई आन्तरिक र वाह्य दुुबै हवाइ उडान स्थगित गरिंदैछ ।

अहिले सार्वजनिक यातायात बन्द भएपनि हवाई उडान भने यथावत छ । तर विमानस्थलमा पर्याप्त मात्रामा स्वास्थ मापदण्ड पालना भएको छैन । जसले गर्दा स्वदेश र विदेशबाट आउनेहरुले कोरोना बोकिरहेका छन् । यसैगरी भारतसँगको सीमा क्षेत्रलाई समेत व्यवस्थित गर्न सरकारले ठोस निर्णय गर्ने स्रोतको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्