पाल्पाामा चट्याङलागेर एक जनाको मृत्यु, दुई घाइते



न्युज अफ नेपाल, पाल्पा ।

पाल्पाको तिनाउ गाउपालिकामा चट्याङलागेर एक जनाको मृत्यु भएको छ भने दुइ जना घाइते भएका छन ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार तिनाउ गाउँपालिका वडा नं १ कचल मुहान टोल बस्ने कर्ण बहादुर उचईको घरमा चट्याङ परेर प्रेम बहादुर बगालेको निधन भएको हो ।

गए राती चट्याङ लागेर घाइते भएका वगालेलाई उपचारको लागि लुम्बिनी मेडिकल केलज प्रभास पाल्पा ल्याईएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए

घटनामा तिनाउ गाउपालिका १ का १५ की ईन्दिरा उचई र रैनादेवी छहरा गा.पा.– ४ घर भई हाल तिनाउँ गा.पा.– १ वस्ते बर्ष १९ को रामु गाहा घाइते भएको र उपचार जारी रहेको प्रहरी निरिक्षक लक्षमण पचभैयाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्