एमाद्वारा स्थायी कमिटीको आकस्मिक बैठक आह्वान



न्युज अफ नेपाल, काठमाडौँ ।

नेकपा एमालेले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने जनाइएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएसँगै एमालेको आकस्मिक बैठक डाकिएको हो ।

राजीनामापछि पनि आफ्नै नेतृत्वमा बहुमतको एकल सरकार गठन हुने दावी गरेका पोखरेल अन्त्यमा अल्पमतमा परेका छन् । सांसद बिमला वली माओवादीमा प्रवेश गरेसँगै पोखरेलको बहुमत गुमेको छ । त्यस्तै, पोखरेलले प्रदेश सभाको विशेष अधिवेशन अन्त्य गर्न सिफारिस गरेपछि अधिवेशन आजै अन्त्य भएको छ ।

प्रतिक्रिया दिनुहोस्