अन्तर्राष्ट्रिय उडानमा रोक लगाउन सिफारिस



काठमाडौं, (नेस)

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले भारतसहित १० देशबाट हुने अन्तर्राष्ट्रिय उडानमा रोक लगाउन सरकारलाई सिफारिस गरेको छ ।

सीसीएमसीले भारत, बेलायत, अमेरिकालगायत १० देशबाट हुने अन्तर्राष्ट्रिय उडानमा रोक लगाउन आग्रह गरेको छ । कोरोना संक्रमणबाट नेपालको अवस्था भयावह बन्ने तरखरमा रहेकाले कोरोना अति प्रभावित मुलुकबाट नेपाल आउने उडान रोक्न सिफारिस गरेको केन्द्रका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले जानकारी दिनुभयो ।

बैठकले नेपालको आन्तरिक उडानसमेत बन्द गर्न सिफारिस गरेको बताइएको छ । त्यसै गरी भारतसँग सीमा जोडिएको नाका बन्द गर्न समेत केन्द्रको बैठकले सरकारलाई सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहोस्