म कुर्सीवाला श्रमिक



  • दिनेश घिमिरे
    तानसेन–८, पाल्पा

हतार हतार सिँढी चढेर पसिनाका धाराका साथ यसै अफिसको आफ्नो ढोकाभित्र छिर्न लागेको थिएँ हाकिम साबले सहयोगी दिदीलाई हैन आज पनि हरि सर आउनु भाको छैन ?

अनि मैले सानो स्वरमा म आइ सकेको छु सर भन्दै लुुसुक्क हाकिम भएको कोठामा पसिना रुमालले पुच्छ्दै छिरेँ । हाकिम साबको आज मुड खासै थिएन खै खै हिजोको भनेको काम सकिएन आज त्यसलाई पुरा गर्नुहोला खै त्यो पनि भएन…. ! अर्को पनि….. ! भोलि मिटिङ छ, रिर्पोट तयार गर्नु है ।

खै के हो के मन दुखी पार्दै हस् हुन्छ हस भन्दै आफनो रुमतिर लागेँ अनि फेरि अपुरो काम पुरा गर्न लागेँ । कम्प्युटरमा काम गर्दागर्दै ४ बजेको थाहा नै भएन खाजा खानै बिर्सेछु, आँखा दुखेर पोलिसकेका थिए, टाउको दुखेर फुट्ला झैँ भाको थियो । एक गिलास पानी खाएँ फेरि थचक्क बसेँ । उफ् !

आनन्दको सास फेर्दै बल्ल सकियो भन्दै भित्तामा भएको घडीमा हेर्दा ५ बजेर १५ मिनेट भइसकेछ ।लामाे सास फेर्दै आजको दिन पनि कटाएँ भन्दै लागेँ घरतिर पसिनै पसिनाले भिजेको त्यो घम्ने कुर्सीमा बस्ने म कुर्सीवाला श्रमिक ।
(सबै प्रकारका श्रमिकहरु प्रति सम्मान छ)

प्रतिक्रिया दिनुहोस्