देशभर ५७६३ जनामा कोरोना संक्रमण पुष्टि, थप १९ को मृत्यु



न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा थप ५७६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १४ हजार ९६९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै संक्रिय संक्रमितको संख्या ४३ हजार २१३ पुगेको छ ।

यस्तै आज थप १९ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्ंया ३ हजार २९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्