कोरोना संक्रमणबाट पूर्व गाविस अध्यक्षको निधन,काभ्रेमा मृत्यु हुनेको संख्या ६७ पुग्याे



मोतीराम तिमल्सिना, काभ्रे ।

काभ्रेपलाञ्चोक जिल्लामा एकै दिन दुई ब्यक्तिको कोरोनाका कारण निधन भएको छ । जिल्लाको चौरीदेउराली गाउँपालिका वडा नम्वर ३ माझिफेदा घर भएका ७० बर्षिय जेष्ठ नागरिकको कोभिडका कारण उपचारका क्रममा धुलिखेल अस्पतालमा निधन भएको हो । उहाँ साविक माझिफेदाका पुर्व गाविस स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख एवं बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाका अनुसार धुलिखेल अस्पतालमा एकै दिन भर्ना भएका दुई ब्यक्तिको कोरोनाकै कारण निधन भएको छ ।

सिन्धुपाल्चोक घर भएका ३७ बर्षिय युवा र जिल्लाको कोशिपारी स्थित चौरीदेउराली घर भएका ६५ बर्षिय जेष्ठ नागरिकको उपचारको क्रममा निधन भएको हो । सिन्धुपाल्चोक जिल्लाको कुभिण्डे चौतारा घर भई चार वर्ष देखि मुटुसँग सम्वन्धित रोगका कारण विरामी भएका युवालाई अस्पतालको इमरजेन्सी वार्डमा भर्ना गरिएको थियो । शनिबार विहान उपचारका क्रममा निधन भएको डा. झाले बताउनु भयो । युवाको शवलाई नेपाली सेनाको कालीजंग गण धुलिखेलको टोलीले पशुपति आर्यघाटमा पु-याएको छ ।

कालीजंग गणको तर्फबाट मेजर राजेश कार्कीले नेतृत्व गर्नु भएको गणपति कर्णेल मिलन थापाले जानकारी दिनुभयो । एकै दिन दुई ब्यक्तिको निधन भएकाले शव ब्यवस्थापनमा जटिलता निम्तन सक्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् । यस अघि बुधबार राति पनि जिल्लामा दुई ब्यक्तिले कोरोनाका कारण ज्यान गुमाउनु परेको थियो ।

स्थानीय प्रशासनले संक्रमण बढ्दै गए पछि आईतबार मध्यरातिबाट लागु हुने गरी केहि क्षेत्रमा निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिनु भयो । शनिबार दिउसोसम्म जिल्लामा सक्रिय संक्रमितको संख्या ४ सय नाघेको छ । शनिबार एकै दिन ९६ जना संक्रमित थपिएका छन् । जिल्लामा मृत्यु हुनेको संख्या ६७ पुगेको छ । जसमा जिल्ला भित्रका ४८ जना छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्