स्याङ्जाको शैक्षिक नक्षेत्र लक्ष्मण प्रसाद भट्टराई



भूपराज बस्याल, स्याङ्जा ।

स्याङ्जा जिल्लाको दोस्रो ठुलो शैक्षिक सस्थाको रुपमा परिचीत गल्याङ बहुमुखी क्याम्पसले ब्यावस्थापनका लागि नयाँ नेतृत्व पाएको छ । बिक्रम सम्बत २०६० मा स्थापित यस क्याम्पसले लक्ष्मण प्रसाद भट्टराईको अध्यक्षतामा नयाँ ब्यावस्थापन समिति पाएको हो । समितिको अध्यक्षमा लक्ष्मण प्रसाद भट्टराई निर्बिरोध निर्वाचित हुनु भएको थियो ।

बिक्रम सम्बत २०१७ गल्याङमा जन्मिनु भएका भट्टराईले जनकल्याण माबि रम्भा गाउपालिका हुगिबाट २०३६ मा प्रबेसिका उतिर्ण गरि त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र र राजनीति शास्त्रमा स्नातक गर्नु भएको छ भने पुर्वान्चल विश्वविद्यालयबाट शैक्षिक योजना तथा ब्यवस्थापन विषयमा स्नातकोत्तर सम्मको अध्ययन गर्नुभएको छ । २०३९ देखि २०५२ सम्म शिक्षण पेशा अंगाल्नु भएका भट्टराईले विद्यालय निरीक्षकको रुपमा २०५२ देखि २०६२ सम्म कार्य गर्नुभएको थियो ।

भानुभक्त आचार्य माध्यामिक विद्यालयको २०५२ देखि २०६५ सम्म ब्यावस्थापन समितिको सदस्यका रुपमा शैक्षिक सस्था ब्यवस्थापनको अनुभव संगाल्न भएका भट्टराई गल्याङ बहुमुखी क्याम्पस संचालक समितिको सदस्यमा भने २०६६ देखि २०७७ कार्य गर्नु भएको थियो ।

त्यस्तै गल्याङ सामुदायिक सिकाई केन्द्रमा २०६५ मा सस्थापक सचिव हुदै हाल अध्यक्ष रहनु भएको छ । गल्याङ क्षेत्रको शैक्षिक ब्याक्तित्वका रुपमा चिनिनु भएका भट्टराई शिक्षा क्षेत्र संगै अन्य सामाजिक क्षेत्रमा समेत सक्रिय रहनु भएको छ । नेपाल रेडक्रस सोसाइटीमा २०६३ बाट निरन्तर रुपमा कार्य गर्दै २०६८ देखि नेपाल रेडक्रस सोसाइटी गल्याङ उपशाखाका अध्यक्ष र नेपाल रेडक्रस सोसाईटि स्याङ्जा शाखाका उपमन्त्री समेत रहि सामाजिक कार्यमा संलग्न भट्टराई गल्याङ सामुदायिक अस्पतालको सस्थापक सदस्यका रुपमा २०६४ देखि हालसम्म निरन्तर ब्यवस्थापनको कार्य गर्दै आइरहनु भएको छ ।

स्याङ्जाको पश्चिम क्षेत्र, पाल्पा जिल्लाको उत्तरी साथै गुल्मीको पुर्वी र पर्वत जिल्लाको दक्षिणी भेगका ग्रामीण क्षेत्रका निम्न तथा मध्ययम बर्गका विद्यार्थीहरुलाई सर्वसुलभ र गुणस्तरीय शिक्षादिने लक्ष्यका साथ स्थापना भएको यस क्याम्पसमा स्नातक तथा स्नातकोत्तर तहमा विभिन्न बिषयमा ५६० भन्दा बढि बिद्यार्थी अध्ययन गरिरहेका छन् ।

शैक्षिक क्षेत्रमा लामो अनुभव संगाल्नु भएका लक्ष्मण प्रसाद भट्टराई गल्याङ क्षेत्र मात्र नभएर स्याङ्जा जिल्लाकै शैक्षिक नक्षेत्र भन्दा दुईमत नहोला, शिक्षा क्षेत्रमा शैक्षिक ब्याक्तित्वको नेतृत्व नहुदा ग्रामीण क्षेत्रका सर्वसाधारण गुणस्तरीय शिक्षा बाट टाढा रहनु परेको अवस्थामा भट्टराईको नेतृत्वले गल्याङ बहुमुखी क्याम्पसले मात्र होईन यस क्षेत्रकै शैक्षिक क्षेत्रले काचुलि फेर्ने भरोसा यस क्षेत्रका सर्वसाधारणको रहेको छ ।

त्यस्तै भट्टराई संगै नवनिर्वाचित समितिको उपाध्यक्षमा प्रेम श्रेष्ठ,कोषअध्यक्षमा भेमलाल अर्याल र सदस्यहरु श्याम प्रसाद बश्याल,गुरु प्रसाद भट्टराई,महेन्द्र श्रेष्ठ,धर्मराज न्यौपाने,राम बहादुर गुरुङ,तिर्थ बहादुर थापा,सुर्य प्रसाद चापागाईं,बलराम श्रेष्ठ र अर्जुन श्रेष्ठ रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्