कोरोनाबाट भारतीय टिभी पत्रकार रोहित सरदानाको निधन



न्युज अफ नेपाल, काठमाडौँ ।

कोरोना संक्रमणका कारण भारतीय टिभी पत्रकार रोहित सरदानाको निधन भएको छ । सरदानालाई अप्रिल २४ मा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । भारतमा कारोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको दैनिक सङ्ख्या दिन प्रतिदिन बृद्धि हुँदै गएको छ ।

तिब्र गतिमा फैलिएको कोरोनाभाइरसबाट एकै दिनमा तीन लाख ८६ हजार ४५२ जना सङ्क्रमित भएका छन् । कोरोनाभाइरसको महामारी फैलिएदेखि यता गत २४ घण्टामा हालसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएको भारतीय अधिकारीहरुले जनाएका छन् । पत्रकार सरदाना आज तक टेलिजिनका दंगल लगायत चर्चित कार्यक्रमका प्रस्तोता थिए ।

प्रतिक्रिया दिनुहोस्