एमालेद्वारा धादिङका सबै पालिकामा नेतृत्व चयन



न्युज अफ नेपाल, धादिङ ।

नेकपा एमाले धादिङको बैठक २ महिने संगठन सुदृढिकरण अभियान संचालन गर्ने निर्णय गर्दै सकिएको छ ।

नेकपा उमाले जिल्ला कमिटि अध्यक्ष भूमि त्रिपाठीको अध्यक्षतामा बसेको बैठकले संगठन सुदृढ बनाउँदै अभियान संचालन गर्ने, बैशाख २५ गते सबै पालिकामा पार्टी कार्यालय उद्घाटन र अभियानको सुरुवात गरिने छ । आगामी असार मसान्तसम्म पार्टीैको सदस्यता नविकरण र नयाँ सदस्यता वितरण गर्ने र भदौमा जिल्ला अधिवेशन गर्ने गरि कार्ययोजना तयार गरिएको छ । सबै कमिटिलाई आयोजक कमिटिमा रुपान्तरण गर्ने र सबै पालिकामा नेकपा एमालेको गाउँ अधिवेशन गर्ने निर्णय बैठकले गरेको नेकपा एमाले सचिव अर्जुन श्रेष्ठ (गोर्खाली) ले जानकारी दिनुभएको छ ।

पार्टीको कार्यालय व्यवस्थापनका लागि अर्जुन श्रेष्ठ, भरत ढुंगाना र गंगा श्रेष्ठलाई जिम्मेवारी दिएको छ । यसैगरि संगठन विभागको संयोजकमा अर्जुन श्रेष्ठ र सचिवमा शेरबहादुर गुरुङ, प्रचार विभागको संयोजकमा राधिका सापकोटा, स्कूल विभागको संयोजकमा गोकर्ण रुपाखेती, आर्थिक विभागको संयोजकमा प्रेमनाथ सिलवाल, सहकारी तथा गरीवी निवारण विभागको संयोजकमा नेत्र नेपाल, निर्वाचन विभागको संयोजकमा गंगा श्रेष्ठलाई जिम्मेवारी दिएको छ । जिल्लाका १३ ओटा पालिकामा पार्टीको अध्यक्ष र सचिवको जिम्मेवारी तोेकेको छ ।

जसअनुसार धुनीबेंशी नगरपालिकाको अध्यक्ष रामराजा पाण्डे, सचिव मनोज तामाङ, निलकण्ठ नगरपालिका अध्यक्षमा हरीकुमार श्रेष्ठ, सचिवमा बेगबहादुर सुनार, खनियाबास गाउँपालिका अध्यक्ष सजिना थापामगर, गजुरी गाउँपालिकाको अध्यक्षमा माधव भण्डारी, गल्छी गाउँपालिका अध्यक्षमा केदार खतिवडा, सचिवमा राजकुमार रिमाल, गङ्गाजमुना गाउँपालिका अध्यक्षमा भक्तबहादुर लामिछाने, ज्वालामूखी गाउँपालिका हरेराम लोहनी, सचिवमा रुद्रमान श्रेष्ठ, थाक्रे गाउँपालिकाको अध्यक्षमा कृष्ण पन्त, सचिवमा उर्मिला रेग्मी रुपाखेति, नेत्रावति गाउँपालिकाको अध्यक्षमा सुबर्ण रिमाल, सचिवमा डिवि सिंखडा, बेनीघाट रोराङ्ग गाउँपालिकाको अध्यक्षमा रमेश कुमार भट्टराई, रुवीभ्याली गाउँपालिकाको अध्यक्षमा प्रेम तामाङ सचिवमा पुरन तामाङ, सिद्धलेक गाउँपालिकाको अध्यक्षमा कमला शर्मा, सचिवमा रामहरी बराकोटी, र त्रिपुरासुन्दरी गाउँपालिकाको अध्यक्षमा बाबुकृष्ण श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्