मोदीको काकी कोरोनाबाट निधन महामारीको बाबजुद भारतमा चुनाव जारी



नयाँदिल्ली, (एजेन्सी)

कोरोना भाइरसको तीव्र महामारीको बाबजुद भारतको पश्चिम बंगाल राज्यमा अन्तिम चरणको राज्य सभाको चुनावका लागि मतदान भइरहेको छ । दोश्रो चरणको प्राणघातक कोरोना संक्रमण भइरहेको अवस्थामा पनि मतदान केन्द्रहरूमा मतदाताहरूको लामै लाइन देख्न सकिन्छ । स्वास्थ्य विशेषज्ञहरूले चुनाव प्रचारकै सिलसिलामा आयोजना भएका आमसभाहरू र अन्य भिडभाडलगायत यस्तै असुरक्षित ढंगले भइरहेको चुनावको कारण पश्चिम बंगाल कोरोना महामारीको अर्को केन्द्रविन्दु हुनसक्ने चिन्ता व्यक्त गर्न थालेका छन् ।

विगत २४ घन्टामा यहाँ थप १७ हजारभन्दा बढि नयाँ संक्रमित देखिएका छन् । यस राज्यमा यसअघि नै सात चरणको मतदान सम्पन्न भइसकेको छ ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीको बलियो पकड नभएका केही राज्यमध्ये यस पूर्वी राज्य पनि पर्दछ । साथै, देशभरि कोरोनाको बिगबिगी फैलिरहेका बेला पनि ठूला–ठूला -यालीको आयोजना गराएको भन्दै मोदीको जताततै आलोचना भइरहेको छ ।बीबीसीका पत्रकार अमिताभ भटशालीले प्रधानमन्त्री मोदीको सहभागिता रहेका विशाल राजनीतिक -यालीहरूमा थुप्रै भिडले मास्क नलगाएको र सामाजिक दूरी समेत कायम नगरेको भेटिएको बताएका छन् । भारतका अस्पतालहरूमा अक्सिजनको अभाव देखिएको छ भने निरन्तर शवको अन्त्येष्टि कार्य भइरहेको छ । औपचारिक तथ्यांकअनुसार कोरोना भाइरस संक्रमणको कारण मर्नेको संख्या २ लाख नाघिसकेको छ । बिहीबार मात्र भारतमा थप ३ लाख ७९ हजार २ सय ५७ जना नयाँ संक्रमित भेटिएका छन् ।

यसैगरी, चिकित्सा व्यवसायीहरूको स्वयंसेवी संस्था इन्डियन मेडिकल एसोसियसनका उपाध्यक्ष डा. नवजोत दाहियाले कोभिड–१९ फैलाउने प्रमुख व्यक्ति मोदी भएको आरोप लगाएका छन् । दाहियाले मोदीले विशाल जनासभालाई सम्बोधन गर्न अलिकति पनि नहिच्किचाएको दि ट्रिब्युनलाई बताएका छन् ।यसैबीच, प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार प्रधानमन्त्री मोदीकी काकी नर्मदावेन मोदीको उपचारकै क्रममा कोरोना भाइरसको संक्रमणको कारण निधन भएको छ । नर्मदावेनको पारिवारिक श्रोतले पनि यस घटनाको पुष्टि गरेको छ । मोदीका कान्छा भाइले करिब १० दिनअघि सिभिल अस्पतालमा भर्ना गरिएका आफ्नी काकीको हालत खराब हुँदै गएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्