रसुवामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि



रसुवा ।

कोरोनाको दोस्रो लहर सुरू भए सँगै रसुवामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको गोसाईकुण्ड गाउँपालिकामा ४ , कालिकामा ५, उतरगयामा ७, नौकुन्डमा१ र बाहिरी जिल्ला का ४ जना रहेका छन ।

जिल्लामा हाल सम्म दुई सय ५ जना कोरोना पुष्टि भएको थियो । एक हजार आठ सय ५७ वटा स्वाव संकलन गरिएकोमा एक हजार ६ सय १२ नेगेटिभ र दुई सय पाँच जना पोजेटिभ आएको थियो। भने अब २० जनाको नतिजा आउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्