मर्दै गरेका प्रहरीको भिडियो खिच्नेलाई कैद



सिड्नी, (एजेन्सी)

एउटा दुर्घटनास्थलमा छट्पटाउँदै मर्न लागेका प्रहरी अधिकारीहरूलाई गिज्याउँदै रमाई–रमाई फिल्म खिचेकै कारण अस्ट्रेलियाका एकजना पुरुषलाई अदालतले १० महिना लामो कारावास संजाय तोकेको छ । गत महिना रिचर्ड प्युजेमाथि यस्तो अनौठो व्यवहार गरेर जन आक्रोश सिर्जन गरेको लगायतका अभियोगहरू लगाइएको हो ।

यसअघि, नै झन्डै ३ सय दिन हिरासतमा बिताइसकेको हुनाले ४२ वर्षीय प्युजेले अब केही दिन मात्र कारागारमा कटाउनुपर्ने भएको छ ।उनलाई कारावास संजाय तोक्ने न्यायाधीशले उनको कार्र्य निर्दयी, क्रुर र घृणित भएको बताएका छन् । तर, उनका परिवारले भने जाबो सानो अपराधका लागि उनलाई त्यत्रो लामो कारावास सुनाइएको भन्दै असन्तुष्टि पोखेको छ । गत महिना न्यायाधीश ट्रेभोर राइटले सम्भवत अस्ट्रेलियाकै सबैभन्दा घृणित व्यक्ति तथा राक्षसी स्वभावका प्युजेलाई सञ्चार माध्यमले राम्रै स्थानमा पु-याइदिएको प्रतिक्रिया दिएका थिए ।

पेसाले बन्धकी राख्ने सामानका दलाल प्युजेलाई गत वर्ष मेलवर्नको राजमार्गमा तीव्र गतिमा कार चलाइरहका बेला चार जना प्रहरी अधिकारीले रोकेका थिए । तर, उनलाई गिरफ्तार गर्दै गर्दा तीव्र गतिमा आएको एउटा ट्रकले लेन नाघ्दै ती चारैजना प्रहरीलाई नराम्ररी किच्न पुगेको थियो । सो भयावह दुर्घटनामा सिनियर कन्स्टेबल लिनेटे टलर र केभिन किंग तथा कन्स्टेबल ग्लेन हम्फ्रिस र जोस प्रिस्टिनीको घटनास्थलमै मृत्यु भएको थियो । तिनीहरूलाई मद्दत गर्न छाडेर केही मिटर पर उभिरहेका प्युजेले फोन निकालेर भिडियो खिच्न थालेका थिए । उनले खिचेका भिडियोमध्ये केही फुटेज तीन मिनेटभन्दा लामो रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्