अक्सिजन नपाएर छटपटाएकालाई अक्षय–ट्वींकलको कन्सट्रेन्टर सहयोग



कोरोना संक्रमणले भन्दापनि संक्रमितका लागि अक्सिजन अभावका कारण समस्यामा परेको भारतलाई बलिउड कलाकार दम्पतीअक्षयकुमार र टवींकल खन्नाले सहयोग गरेका छन्।

अक्षय र ट्वींकल दम्पतीले कोरोना संक्रमितलाई सहयोग गर्ने उद्देश्यले एक संस्थामार्फत एक सय ओटा अक्सिजन कन्सट्रेन्टर दानदिएर वास्तविक जीवनमा पनि नायक नायिकाको भूमिका निभाएका हुन्। उनीहरूको यो कार्यको सामाजिक सञ्जाल प्रयोग कर्ता तथा मिडियाले निकै प्रशंसा गरिरहेका छन्। ट्वीकंलले सामाजिक सञ्जाल ट्वीटरको माध्यमबाट आफूहरूले गरेको सहयोगबारे जानकारी दिएकीहुन्। उनले अन्य व्यक्तिहरूलाई पनि यस महामारीको बेलामाआ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्न अनुरोध गरेकी छिन्। अक्सिजन कंन्सटे«न्टर त्यस्तो उपकरण हो, जसले वातावरणीय हावाबाट अक्सिजन केन्द्रित गर्छ।

श्री अक्सिजन कन्सट्रेन्टरले प्रतिमिनेट ४ लिटर अक्सिजन आपूर्ती गर्ने समाचारमा जनाएको छ। केहि दिनअघि अक्षयले गरिब मानिसका लागि खानाको बन्दो बस्त मिलाउन सासंद तथापूर्व क्रिकेटर गौतम गम्भीरको संस्थालाई पनि एक करोड रुपियाँ दान गरेकाथिए।कोरोना संक्रमणका कारण हाल भारत कहालीलाग्दो अवस्थामा गुज्रि रहेको छ। भारतमा दैनिक उपचारको अभावमा कयौं मानिसले ज्यान गुमाई रहेका छन् भने कोरोना संक्रमणको दर बढ्दो छ। अस्पतालमा शैया,
औषधित था अक्सिजनको अभाव भईरहेको अवस्था छ।

प्रतिक्रिया दिनुहोस्