क्रिकेट रङ्गशाला निर्माणबारे उपप्रधानमन्त्रीको चासो



काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका अभियानकर्मीसँग भेटेर आज सोबारे जानकारी लिनुभएको छ ।

क्रिकेट रङ्गशाला निर्माणका अभियानकर्मी एवं धुर्मस–सुन्तली फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’लाई आज सिंहदरबारस्थित आफ्नै कक्षमा भेटेर उपप्रधानमन्त्री पोखरेलले रङ्गशाला निर्माणमा भइरहेका प्रगति र सरकारले गर्नसक्ने सहयोगका विषयमा छलफल गर्नुभएको उपप्रधानमन्त्रीका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्