प्रधान सेनापति थापाद्वारा निरीक्षण भ्रमण



न्युज अफ नेपाल, काठमाडौँ ।

प्रधान सेनापति पूर्णचन्द्र थापाले मोरङ जिल्लामा तैनाथ भैरव गण तथा श्री कालीशक्ति गण (ई) र तेह्रथुम जिल्लामा तैनाथ देवीबक्स गुल्मको निरीक्षण भ्रमण गरेका छन् ।

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले उक्त युनिटहरुको स्थलगत निरिक्षण, वस्तुस्थिति, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी लिनुका साथै सकल दर्जालाई सम्बोधन गरेका छन् ।

यसका साथै, थापाले शुक्रबार ईलाम, झापा तथा उदयपुरमा तैनाथ पशुपति प्रसाद गण, नयाँ श्रीनाथ गण र रणशार्दुल गणको समेत निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्