दीपक मनाङ्गे बने मन्त्री



न्युज अफ नेपाल, पोखरा ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका छन् । गुरुङले सांसद दीपक मनाङेलाई युवा तथा खेलकुदमन्त्री बनाएका छन् ।

आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै सत्ता जोगाउने दाउमा रहेका गुरुङले सांसद मनाङ्गेलाई खेलकुदमन्त्री नियुक्त गरेका हुन् ।  मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि बुधबार हुने भनिएको मतदानमा सांसद मनाङे उपस्थित भएका थिएनन् ।

नवनियुक्त मन्त्रीले आजै शपथ ग्रहन गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्