बाँकेका कोभिड अस्पतालमा बेडको हाहाकार, जोखिममा संक्रमित



विष्णुप्रसाद तिमिल्सिना, बर्दिया  ।

पछिल्ला दिनमा बर्दिया जिल्लाका कोरोना संक्रमित जटिल अवस्थाका विरामीहरु बाँके जिल्लाका कोभिड अस्पतालहरुमा वेड नपाउदा समस्यामा परेपछि बर्दियामै स्थानिय अस्पतालहरुलाई व्यवस्थित गरी कोभिड अस्पतालको रुप दिन सरोकार वालाहरु सक्रियता देखाएका छन ।

नेपालगञ्ज उपमहानगरपालिका पछिल्लो पटकको कोरोना संक्रमणको हव बनेको छ । त्यहा रहेको भेरी अस्पतालमा २ सय शैयामा कोभिड १९ का विरामीहरु सधै भरीभराउ हुने र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा पनि ९० वेड रहेतापनि भरिभराउ रहेको साथै कोभिड १९ का विरामी बर्दिया लगायत अन्य जिल्लाबाट जाँदा त्यहा रहेका विरामीको मृत्यु वा डिस्चार्ज भएमात्रै वेड पाउने अवस्था रहेकाले लाइनमा पर्खिरहनु पर्ने बाध्यता रहेको छ । भेरी अस्पतालमा कोभिड १९ का विरामीहरुलाई निशुल्क उपचार गरेपनि नेपालगञ्ज मेडिकल कलेजले दैनिक ७ हजार देखि १५ हजार रुपैया सम्म शुल्क लिने गरेको र १५ हजार रुपैया तत्काल धरौटि राख्नु पर्ने भएकाले भेरीमा वेड नपाएर त्यहा पुगेका पैसा तिर्न नसक्ने विरामीहरु थप समस्यामा पर्ने गरेका छन ।

बर्दिया जिल्लाका स्थानिय अस्पतालबाट प्रेषण गरिएका आइसियुमा राखिनुपर्ने विरामीहरु वेड नपाएर झन समस्यामा पर्ने गरेकाले जिल्लामा रहेका स्थानिय कोभिड अस्पतालहरुलाई क्षमता बृद्धि साथ व्यवस्थित गदै क्षमता बृद्धि गराउदै लैजाने तथा प्रेषणका लागि सूचना र समन्वय प्रभावकारी बनाउन जिल्ला स्तरीय समीक्षा तथा याोजना बैठक सम्पन्न भएको छ । उक्त बैठकमा जिल्लाको कोभिड १९ को अवस्थाका बारेमा स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गीरीले र आठ वटै नगर तथा गाउँ पालिकाकाका स्वास्थ्य शाखा प्रमुखहरुले आ आफनो पालिकामा रहेको कोभिड अस्पताल, उपकरण स्वास्थ्य सामाग्री, जनशक्ति र समस्याका विषयमा जानकारी गराएका थिए । हाल गुलरिया नगरपालिकामा २५ र अन्य पालिकाहरुमा १५/१५ शैयाको स्थानिय कोभिड १९ अस्पतालको स्थापना गरिएको छ । ति अस्पतालहरुमा १० वेड अक्सिजन सहितको व्यवस्था गरिएको छ । तर चिकित्सकको अभावमा ति अस्पतालहरुमा सेवा सूचारु गर्न कठिनाई छ ।

यस वैठकबाट स्वास्थ्य कार्यालय, पालिका र जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकायहरुमा साझा समझदारी भएको अव रिपोटिङ र प्रेषणमा सुधार आउने कुरा स्वास्थ्य कार्यालयका सूचना अधिकारी नरेश श्रेष्ठले बताउनु भयो । प्रमुख जिल्ला अधिकारी तथा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका अध्यक्ष सन्तबहादुर सुनारले आ आफनो पालिकामा रहेका स्थानिय अस्पतालहरुलाई नै आफनो पालिकाको जनताको उपचार गर्ने सस्थाको रुपमा विकास गर्ने मुल्य मान्यताका साथ लाग्न स्वास्थ्य शाखा प्रमुख हरुलाई निर्देशन दिनु भयो ।

बर्दियाका विरामीहरु एम्वुलेन्समा राखेर अस्पतालहरुमा वेड खोज्दै भौतारिने अवस्था नआवोस वेडको सुनिश्चिता भएपछि मात्रै विरामी पठाउने वेड नपाउदा सम्म स्थानिय अस्पतालमै उपचार गर्ने, कोभिड संक्रमित हरुको नियमित रिपोटिङ्घ र अभिलेखीकरण व्यवस्थित गर्ने बाहिरबाट आउन विरामीहरुलाई एम्वुलेन्सको व्यवस्था गरी अस्पतालमा उपचारको व्यवस्था मिलाउने र होम आइसुलेसनमा रहेका विरामीहरुको नियमित अनुगमन गर्न पनि निर्देशन दिनु भयो ।

हाल सम्म बर्दिया जिल्लामा २ हजार १ सय ७२ जना संक्रमति मध्ये २७ जनाको मृत्यु भैसकेको छ । हाल २ सय ३० महिला र ३ सय २७ गरी ५ सय ५७ जना सक्रिय संक्रमित रहेका छन जस मध्ये ५ सय ३५ जना होम आइसुलेसनमा १७ जना भेरी अस्पतालमा ३ जना स्थानिय अस्पतालमा र २ जना कोहलपुरमा उपचार गराइरहेका छन भने १ हजार ५ सय ८८ जना निको भएका छन ।

बर्दियामा संक्रमितहरुको सख्या बढदै गइरहेको र छिमेकी जिल्ला बाँके, कैलाली, भारतीय सीमावर्ति क्षेत्र तथा सुर्खेतमा पनि कोभिड संक्रमितको उच्चदर रहेकाले स्थानिय प्रशासनले आवात जावत गर्ने नाकाहरुलाई कडाई गर्ने र जिल्ला भित्रका मानिसहरु आवत जावत लाई कम गराउन स्थानिय वजारहरुमा भिडभाड कम गर्न बजार क्षेत्रलाई मात्र १३ गते राती देखि निषेधाज्ञा जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्