ग्लोबल आइएमई बैंकको नयाँ शाखा लमहीमा



काठमाडौं, (नेस) ग्लोबल आइएमई बैंकले दाङको लमहीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले एक कार्यक्रमका बीच शाखाको उद्घाटन गर्नुभएको छ ।
शाखा उद्घाटन कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले ‘सबैका लागि बैंक’ भन्ने नारालाई चरितार्थ गर्दै बैंक उद्योगी, व्यवसायी एवम् आमसर्वसाधारण सबैको भएको बताउनुभएको छ ।
उहाँले स्थानीयस्तरबाट संकलन हुने रकम स्थानीयस्तरकै आर्थिक, भौतिक र सेवा क्षेत्रको विकासमा लगानी गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । ढकालले यो क्षेत्रको आर्थिक विकास र सम्भावित पूर्वाधार विकासमा सहयोग पु¥याउन बैंक स्थापना भएको बताउनुभयो । बैंकले साना तथा स्वरोजगार व्यवसायदेखि कर्पोरेट क्षेत्रसम्म लगानी गरेको बताउँदै बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले बैंकले ७४ जिल्लाबाट आफ्नो सेवा दिएको बताउनुभयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य भरत आचार्य, देउखुरी उद्योग वाणिज्य संघका उपाध्यक्ष बिनोदकुमार पाण्डेलगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो । ग्लोबल आइएमई बैंकले ७४ जिल्लामा २६८ शाखा सञ्जालसहित २४१ एटीएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजस्व संकलन काउन्टर, २४५ शाखारहित बैंकिङ सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्र्पक कार्यालयमार्फत आफ्ना २२ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्