भिडियोमा आयो चन्द्रकुमारी



चन्द्रकुमारी बोलको गीतको भिडियोसहित बजारमा आएको छ। गीतमा पुरानालोक श्रष्टा नवीनढुंगेल, नवराज घोरासैनी, मञ्जु गौतम र मनीषा घोरा सैनीको स्वर रहेको छ।

गीतमा नवराज घोरा सैनीको शब्द, नवीन ढुंगेलको संकलन र कमल सौरागको संगीत संयोजन रहेको छ। गायक ढुंगेलतथा घोरासैनीको यो पहिलो सहकार्य पनिहो। सन्तोष राजवाहकको कोरियोग्राफी रहेको गीतको म्युजिक भिडियो राज केसीले निर्देशन गरेका छन्।

भिडियोमा विक्रम नेपाली र पूजा नाथको अभिनय रहेको छ। रामकुमार केसीको छायांकन रहेको म्युजिक भिडियो टेकेन्द्र शाहले सम्पादन गरेका छन्। गीतको म्युजिक भिडियो नवराज घोरासैनीले आफ्नो युट्युबच्यानलमार्फत् सार्वजनिक गरेका छन्।

प्रतिक्रिया दिनुहोस्