नेपाली सेनाको कथामा भिडियो गीत



द स्काई मुभिज र उमाफिल्म्सको संयुक्त निर्माण रहेको भिडियो गीतत्यो तिम्रो चोखो प्रेमको नजर सार्वजनिक गरिएको छ। गीतको निर्माण समूहले हालै राजधानीमा एक कार्यक्रम आयोजना गरी भिडियो सार्वजनिक गरेको हो।कार्यक्रममा भिडियो प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र विशेष अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले सार्वजनिक गरेका हुन्।

गायक आनन्द कार्की र गायिका अञ्जु पन्तको स्वर रहेको गीतमा शब्द रचनाजीत बहादुर घले (जेबी संयोगी) को रहरको छ। गीतमा बाबुल गिरीले संगीत रहेका छ। उमागिरी ‘बेबी’ को निर्माणमा बनेको म्युजिक भिडियोमा आकाश अधिकारीको परिकल्पना र निर्देशन रहेको छ। गीतमाउमा र आकाश दुवै फिचर्ड छन्। नेपाली सेनाको कथा समेटिएको गीतमा माया र बिछोडको चरणलाई देखाइएको छ। नेपाली सेनाहरू आफ्नोपरिवारलाई छोडेर देशका लागि बलिदानदिन तयार हुने विषयलाई गीतको कथामा प्रस्तुत गरिएको छ। देशका लागि लड्ने नेपाली सेना र उनको परिवारको मायालाई गीतमा प्रस्तुत गरेको छ।

गीतको म्युजिक भिडियो कमल राईले कोरियो ग्राफी गरेका छन्। पुरुषोत्तम प्रधानले खिचेको गीत भूपेन्द्र अधिकारीले सम्पादन गरेका छन्। म्युजिक भिडियोमा आकाश र उमाका साथमा अलवा शिव भट्ट, दिप्त प्रकाश अधिकारी, ईशानबिजु श्रेष्ठ, पृथ्वीलाल नेपाली, डिल्ली रावत र बालकलाकार सुरज भामले अभिनय गरेका छन्। रारा ताल आसपासमा छायांकन गरिएको गीतले पर्यटन प्रवद्र्धनमा समेत टेवापुग्ने भन्दै विशेष अतिथि दयाराम दाहालले शुभकामना व्यक्त गरे। उनले फिल्म कर्मीलाई भिडियो फिल्म, गीत, छोटा फिल्म बनाइरहन आह्वान गरे। प्रमुख अतिथि शेखर गोल्छाले आमनेपाली सेनाको कथालाई समेटिएर निर्माण भएको गीतनिकै राम्रो भएको र राष्ट्रिय गीतको रूपमा रहने दाबी गरे।

प्रतिक्रिया दिनुहोस्