निषेधाज्ञामा पनि दैनिक ४ घण्टा बैंक खुल्ने



न्युज अफ नेपाल, काठमाडौं ।

कोरोना भाइरस महामारीका कारण देशका विभिन्न ठाउँमा जारी निषेधाज्ञामा पनि बैंक तथा वित्तीय संस्थाहरु दैनिक ४ घण्टा खुल्ने भएका छन् । बुधधबार भएको एक छलफलमा राष्ट्र बैंक र बैंकरबीच यस्तो सहमति भएको हो ।

सहमति अनुसार निषेधाज्ञा लागेका उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म बैंक खुल्ने भएको हो । यद्यपि बैंकका एटीम भने पहिलेजस्तै २४ घण्टा नै खुला रहने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्