कोरोना कहर : राजधानी छाड्नेको संख्यामा ह्वात्तै वृद्धि



न्युज अफ नेपाल, काठमाडौ ।

कोरोना संक्रमणको दोस्रो लहर देखा परेपछि सरकारले राजधानी उपत्यकामा निषेधाज्ञा जारी गरेपछि राजधानीबाट बाहिरीनेको भिड अत्याधिक बढेको छ ।

सरकारले बैशाख १६ बाट अत्यावश्यक सेवा बाहेक अन्य सेवामा रोक लगाउने निर्णय गरेपछि बितेको ३ दिनमा राजधानी छोड्ने संख्या २ लाख भन्दा बढी रहेको छ ।

अहिले राजधानीबाट बाहिर जाने नाकामा अत्याधिक भिड लागेको छ भने सामाजिक दुरी कतै पनि कायम भएको देखिएको थिएन । अघिल्लो लक डाउनका कारण आत्तिएका सार्वसाधारणहरु अहिले आफ्नो थातथलो फर्कने क्रम जारी रहेको छ ।

बुधबार बिहान कलंकी र कोटेश्वर भएर देशका बिभिन्न भागमा जानेको संख्या बढेपछि टाफिक जाम अत्याधिक बढेकाले टाफिक ब्यवस्थापन गर्न असजिलो भएको महानगरीय टाफिक महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

राजधानीबाट बाहिरीनेहरुको अवस्था हेर्दा दर्दनाक र ह्दयबिदारक देखिएको थियो । साना साना नानीहरु च्यापेका आमाहरु सवारी साधनमा प्रवेश गर्न तंछाड र मछाड गरेको देखिएको थियो । कतिपय अव काठमाडौ नर्फकने गरी सामान बोकेर हिडेका दृष्यले सबैको आंखा परेको थियो ।

रोग भोक र त्रास बोकेर काठमाडौ बस्नु भन्दा आफै गाउंमा गएर मिठो मसिनो जे छ त्यही खाउंला भनेर गाउं फर्कन लागेको बाग्लुड रिघाका किशोर श्रीसले बताउनुभयो । बिहीबारबाट अफिस बन्द गर्ने निर्णय ब्यवस्थापनले गरेपछि काठमाडौ बस्नु भन्दा गाउं नै जान उचित देखेर गाउं जान लागेको उहांले बताउनुभयो ।

अघिल्लो लक डाउनका कारण मारमा परेका नेपालीहरु पहिलेको जस्तै नियती भोग्नु नपरोस भनेर गाउं फर्कन लागेको झापा सतासीधामका बिबेक आर्चायले बताउनुभयो । अघिल्लो लक डाउनले मलाई राम्रो संग पाठ सिकाएकाले यस पटक पुरानो गल्ती नदोहोर्याउने पक्षमा आफु रहेको भन्दै श्रीमती र दुई छोरा छोरी सहित गाउं फर्कन लागेको उहांले बताउनुभयोे ।

प्रतिक्रिया दिनुहोस्