जनमोर्चाका सांसद बेपत्ता भएपछि गण्डकी प्रदेशसभाको कारबाही रोक्न माग



न्युज अफ नेपाल, काठमाडौँ ।

आफ्ना प्रदेशसभा सदस्यको अवस्था अज्ञात रहेको जनाउँदै राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभाको बैठक रोक्न माग गरेको छ ।

राष्ट्रिय जनमोर्चाकी सचेतक पियारी थापाले प्रदेशसभा सदस्य खिमबिक्रम शाहीको अवस्था अज्ञात रहेको बताउँदै प्रदेशसभाको बैठक रोक्न माग गरेकी छन् । थापाले बैठक रोक्नका साथसाथै शाहीको अवस्था सार्वजनिक गर्न र उनको जीवन रक्षा गर्न माग गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्