वीरगन्जमा कोरोनाको भयावह स्थिति : एकैदिन ५ को मृत्यु



Municipal workers in protective gear carry the body a woman who died due to coronavirus disease (COVID-19), for her cremation at a crematorium in Ahmedabad, India, April 17, 2020. REUTERS/Amit Dave

कृष्णउदास खनाल, वीरगन्ज ।

वीरगन्जमा कारोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या तीब्र गतिमा बढ्न थालेको छ । बुधबार एकै दिनमा मात्रै वीरगन्जमा कोरोनाले थप ५ जनाको मृत्यु भएको छ ।वीरगन्ज स्थित नारायणी अस्पतालमै बुधबार ५ जनाको मृत्यु भएको हो ।

नारायणी अस्पतालमा बुधबार अपरान्ह वीरगन्ज महानगरपालिका वडा नम्बर ७ रामटोलका ४५ बर्षीय संक्रमित पुरुषको मृत्यु भएको हो । स्वास्थ्यमा समस्या भएपछि बैशाख १२ गते नारायणी अस्पतालमा भर्ना गरिएका ती पुरुषको त्यहि दिन एन्टिजेन विधीबाट कोरोनाको परिक्षण गर्दा उनको कोरोना रिपार्ट पोजेटिभ आएको थियो । उपचारका क्रममा उनको बुधबार अपरान्ह साढे २ बजे मृत्यु भएको नारायणी अस्पतालका कोभिड कोर्डिनेटर डाक्टर सरोज रोशन दासले जानकारी दिनुभयो ।

यसअघि बुधबार बिहान पौने १२ बजे रौतहटको दुर्गाभगवती गाँउपालिकाको रजवाडाकी ५० वर्षिया महिलाको पनि नारायणी अस्पतालमै मृत्यु भएको थियो । निमोनियाले ग्रस्त ती महिलालाइ आजै बिहान नारायणी अस्पतालमा भर्ना गरिएको र एन्टिजेन विधीबाट कोरोना जाँच गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएको केहि बेरमै ती महिलाको मृत्य भएको नारायणी अस्पतालका कोभिड कोर्डिनेटर डाक्टर सरोज रोशन दासले जानकारी दिनुभयो । यसअघ नारायणी अस्पतालमै उपचाररत वीरगन्ज महानगरपालिका वडा नंबर २७ की ६० वर्षीया संक्रमित महिलाको पनि बुधबार बिहान १० बजे मृत्यु भएको थियो । निमोनियाले ग्रसीत ती महिला उपचारका लागि नरायणी अस्पतालमा बुधबार बिहान भर्ना भएकी थिइन् । एन्टिजेन विधिबाट गरिएको परिक्षणमा उनमा कोरोनाको संक्रमण पुष्टि भएको थियो ।

यस्तै वीरगन्जको नारायणी अस्पतालमै उपचाररत सर्लाहीको धनकौल गाँउपालिका ४ का ४३ वर्षिय पुरुषको पनि बुधबार बिहान पौने २ बजे मृत्यु भएको थियो । स्वास्थ्यमा समस्या भएपछि ती पुरुषलाइ उपचारका लागि मंगलबार नारायणी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको एन्टिजिन विधीबाट परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । बुधबार नै बिहान बाराको सुवर्ण गाउँपालिका– ७ की ३० वर्षीया महिलाको पनि उपचारका क्रममा नारायणी अस्पतालमै मृत्यु भएको थियो ।

बैशाख १३ गते उपचारका लागि नारायणी अस्पतालमा भर्ना गरिएकी ती महिलाको त्यहि दिन पीसीआर परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारका क्रममा उनको बुधबार बिहान सवा १२ बजे मृत्यु भएको डाक्टर दासले जानकारी दिनुभयो । यसअघि मंगलवार पनि वीरगन्जको नारायणी अस्पतालमै कोरोनाले ४ जनाको मृत्यु भएको थियो । यस्तैसोमबार पनि नारायणी अस्पतालमै ३ जना संक्रमितको मृत्यु भएको थियो ।कोरोनाको दोश्रो लहर शुरु भएयता कोरोना संक्रमणका कारण वीरगन्जमा मृत्यु हुनेको संख्या २२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्