‘फ्लोर क्रस’ गरेका तीन मन्त्रीकाे पुनर्नियुक्ति



न्युज अफ नेपाल, काठमाडौँ ।

फ्लोर क्रस गरेका कर्णाली प्रदेशका तीन मन्त्री पुन:नियुक्त भएका छन् ।

सरकारका नवनियुक्त मन्त्रीहरूले सपथ खाएका छन् । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाही, भौतिक पूर्वाधार विकासमन्त्री अमरबहादुर थापा र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीसमक्ष सपथ ग्रहण गरेका छन् ।

एमाले संसदीय दलले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले विश्वासको मत मागेका थिए । जसमा एमालेका चारजना सांसदले पार्टीको ह्वीप विपरित फ्लोर क्रस गरेर शाहीलाई विश्वासको मत दिएका थिए । पार्टीको निर्णय विपरित फ्लोर क्रस गरेको भन्दै एमाले संसदीय दल कर्णाली प्रदेशले उनीहरुलाई सांसद पदबाट पदमुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्