राष्ट्रियसभा सदस्य खड्का पदमुक्त



न्युज अफ नेपाल, काठमाडौं ।

राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का पदमुक्त भएका छन् । राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले बुधबार सूचना जारी गर्दै राजनीतिक दलसम्बन्धी ऐनअनुसार खड्का पदमुक्त भएको जानकारी दिएका छन् ।

माओवादी केन्द्रबाट निर्वाचित खड्का एमालेमा प्रवेश गरेसँगै उनलाई पदमुक्त गर्न भन्दै माओवादी केन्द्रले संसद सचिवालयमा सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्