एटलान्टाबाट आयो भिडियो



अमेरिकाको एट्लाण्टा सहरमा बस्दै आएका गायक चन्द्र लावारले म्युजिक भिडियोसहित किन होला बोलको गीत सार्वजनिक गरेका छन्।
प्रेमिल शैलीको गीतमा संगीतकर्मी तथागायक सुरेश कुमार क्षेत्रीले संगीतदिएका छन्। गीतमा शब्द रचन गोपाल क्षेत्रीको रहेको छ भने राजन तामाङको संगीत संयोजन रहेको छ।

म्युजिक भिडियोमा डिमोन क्षेत्री र सिर्जना जिसीबीचको अन्स्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको छ। म्युजिक भिडियोमा रामकुमार केसीको छायांकन र विवेक सुनारको सम्पादन रहेको छ। म्युजिवक भिडियो राजिव समरको परिकल्पना र निर्देशनमा तयार पारिएको हो। गीतको म्युजिक भिडियो चन्द्र लावार च्यानलमार्फत सार्वजनिक गरिएको हो।

 

प्रतिक्रिया दिनुहोस्