रंगभेदी कुरा गर्नेको जागिर चट



न्युयोर्क, (एजेन्सी) । 

ड्ड अमेरिकाको भर्जिनिया निवासी एक महिलालाई भिडियोमा काला जातिका एक छिमेकी महिलालाई रंगभेदी कुरा गरेको भेटाइएपछि जागिरबाट निकालिएको छ । ती महिलाले भिडियोमा स्पष्टसँग, ‘तिम्रो छालाको रङ नै ठीक छैन ’ भनेको सुनिन्छ । स्थानीय सञ्चार माध्यमले यस घटनालाई लिएर ती महिलालाई भर्जिनिया फुड बैंकको जागिरबाट निकालिएको जनाएको छ ।

ड्ड ‘दि प्रोग्रेस इन्डेक्स’ नामक स्थानीय अखबारका अनुसार ती महिलाको भर्जिनियाको कोलोनियल हाइट्सस्थित आफ्नो घर नजिकको छिमेकीसँग नराम्ररी भनाभन भएको भिडियो फुटेज अनलाइनमा भाइरल हुन पुगेको छ । यसरी रंगभेदी कुरा उठाउने महिलाले लगाएको परिचय–पत्रमा उनको नाम ‘हिलारी ’ लेखिएको पनि स्पष्ट देखिन्छ । वास्तवमा तिनीहरूबीच के कारणले विवाद भएको भन्ने स्पष्ट हुन सकेको छैन । तर, काला जातिका छिमेकी लाक्वेत्ता गुडले भने आफूहरूबीच सन्तानको विषयमा झगडा भएको डेली मेललाई बताएकी छन् ।

ड्ड उनलाई जागिरबाट निकाल्ने चेस्टरफिल्ड फुड बैंकका कार्यकारिणी अधिकारी किम हिलले यस घटनालाई निकै दुखद् र दुर्भाग्यपूर्ण रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्