विवाहमा प्रयोग हुने सवारी साधनलाई पास नचाहिने



न्युज अफ नेपाल ,काठमाडौं ।

कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि गरिएको लकडाउनको समयमै विवाह गर्ने मनसाय रहेकाहरूले सवारी साधानको पास नचाहिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमावार जारी गरेको आदेश संशोधन गर्दै दुलहा दुलही सहित १५ जना सम्म ब्यानर लगाएका २ बटा सवारी साधन प्रयोग गरी जिल्ला भित्र वा अन्तर जिल्लामा आवजजावत गर्नुपर्दा अनुमति पास आवश्यक नपर्ने ब्यवस्था गरेको छ ।

तर उक्त कार्यका लागि पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भएका जिल्ला प्रशासन कार्यालयबाट जारी अनुमति पास लिनुपर्ने छ ।यस्तै विवाह र व्रतन्वन्धमा सहभागि भइ अन्यत्र जिल्लाबाट फर्नकुपर्ने भएमा भने चालक सहित बढिमा सात जना सम्मका लागि स्थानीय तहको सिफारिस सहित जिल्ला प्रशासन कार्यालयमा अनुमति पासका लागि निवेदन पेश गर्नु पर्ने छ ।

प्रतिक्रिया दिनुहोस्