चीनले कोरोनासँग लड्न नेपाललाई सहयोग गर्ने



काठमाडौं, (नेस)।

 चीनले कोरोनाविरुद्धको लडाइँमा नेपाललाई ५० लाख चिनियाँ मुद्रा करिब ९ करोड १९ लाख नेपाली रुपियाँ बराबरको स्वास्थ्य उपकरण तथा सामाग्री सहयोग प्रदान गर्ने भएको छ ।

कोभिड–१९ का सम्बन्धमा सोमबार नेपाल, पाकिस्तान, बंगलादेश, चीन, अफगानिस्तान र श्रीलंकाका विदेशमन्त्रीबीचको भएको भच्र्युल छलफलमा चिनियाँ विदेशमन्त्री वाङ यीले यस्तो घोषणा गर्नुभएको हो ।उक्त अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना महामारी रोकथाम र आर्थिक पुनरुत्थानका लागि क्षेत्रीय र अन्तर्राष्ट्रिय सहकार्य बढाउनुपर्ने बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्