सरकारी निर्णय बेवास्ता गर्दै नियमित विद्यालय सञ्चालन



सीताराम अधिकारी, धादिङ ।

कोरोना भाइरसको महामारी बढी रहेको भएपनि जिल्ला सदरमुकाम धादिङबेसी र अन्य स्थानहरुमा सरकारी कार्यालय र विद्यालयहरुले आधारभुत स्वास्थ्य मापदण्ड समेत पालना गरेका छैनन् ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले सोमबारदेखि देशभरका सबै विद्यालयका परीक्षा तथा पठन–पाठन स्थगित गर्न सरकारलाई सिफारिस गरि सरकारले समेत विद्यालय बन्द गर्ने निर्णय गरिससकेको छ । तर सरकारको निर्णय लत्याउँदै केही पालिकाले विद्यालय संचालन गरिरहेको छ भने निजि विद्यालयहरु ट्यूसन समेत संचालन गरि पैसा समेत असुल गरिरहेको विद्यार्थीहरुले टेलिफोनबाट जानकारी दिएका छन् ।

जिल्ला सदरमुकाममा रहेको बैँक तथा वित्तिय संस्थाहरुमा स्वास्थ्य मापदण्ड पालना नगरि भिभाडका साथ संचालन गरिएको छ ।

जिल्ला मालपोत कार्यालयमा भने मानिसहरुको अत्यन्तै भिडभाडका साथ काम गरिएको छ भने स्वास्थ्य मापदण्ड समेत बेवास्ता गरिएको छ ।

सरकारले सबै विद्यालय र क्याम्पस बन्द गर्ने र परिक्षा समेत स्थगित गर्ने निर्णय लत्याउँदै धादिङको धेरै स्थानीय तहहरुका विद्यालयहरुमा पठन–पाठन र क्याम्पसहरुमा धमाधम परीक्षाहरु सञ्चाल भैरहेको छ ।

धादिङका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले भने धादिङको विद्यालय तथा परीक्षा स्थगित गर्ने बिषयमा डिसीसीएमसीको बैठकले निर्णय गर्ने बताउनु भयो । धादिङमा जोखिम बढ्दै गैरहेको सुन्न आएको छ, केही स्थानीय तहहरुमा बन्द भैसकेको छ, भोलि नै बैठक बसि निर्णय गर्नुपर्छ सहायक प्रजिअ उपाध्यायको भनाइ छ ।

नीलकण्ठ नगरपालिका, सिद्धलेक गाउँपालिका, गजुरी गाउँपालिका र धुनीबेसी नगरपालिकाले भने सबै बिद्यालय बन्द गर्न सूचना जारी गरेको छ । यस अघि नेत्रावती डबजोङ गाउँपाकिलाले विद्यालय समेत पालिकाको सम्पूर्ण काम समेत बन्द गरेको छ ।

पालिकाहरुले विज्ञप्ती जारी गर्दै पालिका भित्रका सम्पूर्ण शिक्षण संस्था बन्द गर्न निर्देशन गरेको हो । संस्थागत र सामुदायिक सबै विद्यालय बन्द गर्र्न प्रेस विज्ञप्ती जारी गर्दै निर्देशन गरेको पालिकाका शिक्षा शाखहरुले जानाएको छ । हाल बढिरहेको कोभिड–१९ को जोखिमयुक्त अवस्था र नेपाल सरकारको निर्णयलाई आत्मसाथ गर्दै नगरपालिकाका सम्पुर्ण बिद्यालयका भौतिक पठनपाठन अर्को निर्णय नहुन्जेल सम्मको लागि स्थगन गर्न विज्ञप्तीमा उल्लेख गरिएको छ । कोरोना रोकथामको लागि विद्यालय बन्द हुने तर निलकण्ठ नगरपालिकाले बैशाख १५ गते देखि गर्ने भनिएको कक्षा ८ को नगरपालिका स्तरीय परिक्षा भने निर्धारित समयमा नै संचालन हुने नगरपालिकाका शाखा अधिकृत तुलबहादुर महतले हस्ताक्षर गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

गल्छी गाउँपाकिलाले शिक्षकहरु विद्यालयमा हाजिर भएर विद्यार्थीहरुलाई कनै न कैनै माध्यामबाट अध्यान गराउन र विद्यार्थीहरुको मूख्ल्यंकन समेत गर्ने व्यवस्था गर्न आग्रह गरिएको छ । जिल्ला स्थित शिक्षा विकास तथा समन्वय इकाइले समेत विज्ञप्ती जारी गर्दै कोरोना भाइरसको दोश्रो भेरियन्टको महामारी फैलिएकोले विद्यालय बन्द गर्न आग्रह गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्