कोरोनाको हटस्पट बन्दै पर्सा, २४ घण्टाभित्रै ५ संक्रमितको मृत्यु



कृष्णउदास खनाल, वीरगन्ज ।

छिमेकी देश भारतसँग सीमा जोडिएको पर्सामा कोरोना कहरको हटस्पष्ट फेरि बन्दै गएको छ । गएको बर्ष यही समयमा हटस्पष्ट बनेको पर्सामा फेरि संक्रमण बढेको हो । पर्सामा २४ घण्टा नपुग्दै कोरोना संक्रमित ५ जना महिलाको मृत्यु भइसकेको छ। मंगलबार बिहान दुईजना सहित पछिल्लो २४ घण्टाभित्र त्यहाँ ५ जना महिलाले ज्यान गुमाएका हुन्।

सोमबार बिहान साढे ९ बजे वीरगन्ज–६ आदर्शनगरकी ६० वर्षीया महिलाको मृत्यु भएको थियो। त्यसयता पनि पर्सामा थप ४ जना संक्रमित महिलाको मृत्यु भएको हो।

तीन जना महिलाको सोमबार साँझसम्म मृत्यु भइसकेको थियो। मंगलबार बिहान १ बजेर २४ मिनेटमा ४० वर्षीया र बिहान ३ बजे ६५ वर्षीया महिलाको पनि मृत्यु भएको नारायणी अस्पतालले जानकारी दिएको छ। यी दुई महिलासहित २४ घण्टाभित्रै पर्सामा ५ जना महिलाको मृत्यु भइसकेको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले बताउनुभयो ।

पछिल्लो पटक मृत्यु भएका महिलासहित पर्सामा कोरोनाका कारण निधन हुनेको संख्या १६ पुगेको छ।अस्पतालले जानकारी दिएअनुसार जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ बारा कि ४० वर्षीया र पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर २५ सिर्सियाकी ६५ वर्षीया महिलाको मंगलबार बिहान मृत्यु भएको हो।मंगलबार बिहानपख ज्यान गुमाएका ती दुवै महिला नारायणी अस्पतालमा उपचार निम्ति भर्ना गरिएका थिए। पर्सामा कोरोना संक्रमितहरुको संख्या दैनिक परिक्षण गराइएकोमा ७० प्रतिशतको हाराहारीमा थपिएका छन् ।

पहिलाको तुलनामा तयारी एकदमै कम रहेको स्वयम् चिकित्सकहरुले बताएका छन् । नारायणी अस्पताल वीरगन्जका डा.उदयनारायण सिंहले वीरगन्जको अवस्था एकदमै भयाभह रहेको बताउनुभयो । उहाँले कोभिडको संख्या बढ्दै गएका कारण अस्पतालमा ब्यवस्थापनमा समस्या भइरहेको बताउनुभयो । नारायणी अस्पतालमा कोभिडका बिरामीका लागि जम्मा ८० शैया तयार पारिएको छ ।

प्रतिक्रिया दिनुहोस्