रसुवामा सम्बन्ध विच्छेदका मुद्दा बढे



सरस्वती न्यौपाने, रसुवा ।

जिल्लामा न्यायका लागि दायर भएका अधिकांश मुद्दाहरू मध्ये पछिल्लो समय सम्बन्धविच्छेदका मुद्दा बढ्न थालेका छन । यस आर्थिक वर्षमा दायर भएका ४१ मुद्दामध्ये ३६ वटा सम्बन्धविच्छेदको रहेका छन् ।

गत वर्षबाट सरि आएका ४१ गरि ७१ मुद्दा विचाराधीन रहेका थिए । विचाराधीन फौजदारिमा ३२ एवं देवानि ३९ वटा मुद्दामध्ये केही फैसला भईसकेको र केहि प्रक्रिया गत रूपमा रहेको अदालतका स्रेस्तेदार मुना अधिकारी ढकालले जानकारि दिनुभयो ।

यस्तै अदालतको कार्य छिटोछरितो सम्पादन गर्न वैतनिक अधिवक्ता, बालमनोविज्ञ, मेलमिलापकर्ताको व्यवस्थापन एवं बाल इजलाससमेत स्थापना गरिएको छ ।

जिल्ला अदालतमार्फत गाउँ–गाउँमा पिरमर्का बुझ्ने र न्यायसम्बन्धी जनचेतनाको जागरण, न्यायिक संवाद कार्यक्रमअन्तर्गत गाउँटोलमा न्यायाधीशसँग भेटघाट कुराकानी समेतका कार्यक्रम अगाडि बढिरहेको स्रेस्तेदार ढकालले बताउनुभयो ।

जिल्ला न्यायाधीशले गाउँटोलमा जनतासँग भेटघाट गर्दा न्यायसम्बन्धी गुनासो गर्न पाइने तर अदालतले गरेका काम कारवाहीका बारेमा टीकाटिप्पणी भने गर्न नपाइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्